नेकपा एमालेको बैठक बस्दै : नेपाल समूहमाथि थप कारबाही गर्ने तयारी

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे  बैठक बस्न लागेको हो।

बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। पार्टी विभाजनको डिलमा पुगेका बेलमा ओलीले नेता र गौतमलाई भेटे पनि विवाद थप उग्र बनेको छ।

वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ। ओलीसँग बिहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका छन्।

आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ। आजको बैठकबाट खनाल नेपाल पक्षमाथि थप कारबाही हुने यस्तै एमाले नेता कर्ण थापाले बताए।