काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिएको छ। बुधवार बसेको संगठनको केन्द्रीय कार्यालय बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै मैनालीलाई प्रवक्ता बनाउने निर्णय लिएको हो। मैनाली सिभिल इन्जिनियरसमेत हुन्।
अखिल क्रान्तिकारीको गत चैत्र १४ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले अगामी सम्मेलनसहित संगठन सुदृढीकरण सम्बन्धी विभिन्न निर्णय गरेको थियो। त्यसैअनुसार नेताहरूको जिम्मेवारी हेरफेर भएको हो। यसअघि अखिल क्रान्तिकारीको प्रवक्तामा सुरेन्द्र बस्नेत थिए।
अखिल क्रान्तिकारीको २०७४ भदौमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट मैनाली उपमहासचिवमा निर्वाचित भएका थिए। २०६५ को स्ववियू निवार्चनमा काठमाडौं इन्जिनियरिङ कलेजबाट स्ववियू सभापतिमा निर्वाचित मैनालीले संगठनको केन्द्रीय सचिवालय र केन्द्रीय सचिवकोसमेत जिम्मेवारी पूरा गरेका छन्।
पत्रकारिता र इन्जिनियरिङ स्नातकोतर मैनालीले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट २०५८ मा अखिल राजनीति शुरु गरेका थिए।



लोकपाटी न्यूज

