निर्वाचन आयाेगले ताेक्याे गृहमन्त्री थापाकाे रिक्त स्थानमा उपनिर्वाचनकाे मिति

Ram bahadur Thapa Badal
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको छ। आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।

सहसचिव एव आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले उक्त घोषणा अनुसार आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको छ।नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। सो ठाउँमा उपनिर्वाचन हुन लागेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ । सोही बमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकिएकाे हाे।