आन्तरिक छलफलमा जुटे नेपाल पक्ष सांसद

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरु आन्तरिक छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ तय गर्न उनीहरु छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिन उनीहरुका लागि बिहीबार मध्याहन्नसम्मको समय छ। ओलीले संघ र प्रदेशका गरी नेता नेपाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका हुन्।

स्पष्टिकरणको जवाफ चित्त नबुझे ओलीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्न सक्ने छन्। स्पष्टिकरण दिनुअघि नेपाल पक्षका सांसदहरु सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा छलफलमा जुटेका हुन्। सांसद पुष्पा कर्ण कायस्तले आफूहरु स्पष्टिकरणबारे छलफल गर्न भेला भएको बताएकी छन्।

अध्यक्ष ओली र नेता नेपालबीच बुधबार बेलुका नक्सालस्थित होटल मेरियटमा भेट गरेका थिए। तर ओलीले बिहीबार बिहान भएको कार्यक्रममा अब गुटगतरुपमा वार्ता नहुने र भागबण्डा पनि नगरिने बताएका थिए।