काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो। भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए। तर उनि पहिले नै हाेटलबाट निस्किएका थिए।
अहिले भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन्। भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन्। ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो। यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा प्रफुल्ल देखिन्थ्यो।



लोकपाटी न्यूज

