काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरूलाई कारबाही गर्ने तयारी गरेपछि नेपाल समूह सर्वोच्च पुगेको हो।
सांसद पदबाट कारबाही गर्ने तयारी स्वरुप नेपालसहित २७ सांसदलाई सोमबार नेकपा ओली समूहले स्पष्टीकरण सोधेको हो। प्रधानमन्त्री ओलीले सुरु गरेको कारबाहीको प्रक्रिया रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, टीकाराम भट्टराईलगायत कानुन व्यवसायी नेपाल समूहका तर्फबाट सर्वोच्च पुगेका हुन्।
उनीहरूले ओलीले सांसदहरूलाई कारबाही गर्ने प्रक्रिया थालेकाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिने तयारी गरेका छन्। एमाले ओली समूहले नेपालसहित प्रतिनिधिसभाका २७ जना सांसद र फ्लोर क्रस गर्ने पाँच सांसदलाई सोमबार स्पष्टीकरण सोधेको थियो।



लोकपाटी न्यूज

