बुद्धनगरमा नेपाल समूहको आकस्मिक बैठक जारी

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन्। काठमाडौंको बुद्धनगरमा नेपाल-खनाल समूहका स्थायी कमिटी सदस्यहरु आकस्मिक छलफलमा बसेका हुन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका ३१ सांसदको पद खोस्ने चेतावनीसहित स्पष्टीकरण सोधेपछि झनै आक्रामक बनेको यो समूहले उक्त स्पष्टीकरणविरुद्ध अदालत जाने तयारी गरेको छ।

यसबाहेक फागुन २३ को आदेश ओलीले कार्यान्वयन गर्न नचाहेको भन्दै अवहेलना मुद्दा लिएर पनि जाने उनीहरुको तयारी छ। अदालत जानुअघि आन्तरिक छलफलका लागि समेत बैठक बसेको उक्त समूहका एक नेताले बताए।