काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएन।
नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि दिउँसो १ बजे फेरि स्थायी कमिटी बैठक बस्नेछ। सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आज कुनै औपचारिक निर्णय भएको छैन। ‘यो सरकारलाई हाम्रो समर्थन छैन,’ उनले भने, ‘औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने छ।’
यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुने उनले बताए। यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने पहल भइरहेको उनले बताए। संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई माओवादी केन्द्रले भर्त्सना गरेको छ। श्रेष्ठले भने, ‘संसद अधिवेशन अन्त्य गर्ने कार्य अलोकतान्तिक, निरंकुश र स्वच्छचारी कदम हो। त्यसको पार्टी भर्त्सना गर्छ।’



लोकपाटी न्यूज

