काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटि बैठक बालुवाटारमा बस्दैछ। बैठकमा एमालेको माधव नेपाल समूह सहभागी छैन।
तर माधव समूहमा रहेका नेता विष्णु रिजाल भने बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्। रिजाल नेकपा हुँदा प्रधानमन्त्री ओलीका कट्टर आलोचक थिए। तर पछिल्ला दिनमा केपी ओलीप्रति उनका फेरिएका धारणाहरु सार्वजनिक हुँदै आएका छन्।
आजको बैठकमा पार्टी महासचिव पोखरेलले तयार पारेको स्थायी कमिटी सदस्यहरूको मनोनयनसम्बन्धि प्रस्ताव र पार्टी उपमहासचिव विष्णु पौडेलले तयार पारेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन सम्बन्धि प्रस्तावमाथि छलफल हुने बताइएको छ।
यसका अतिरिक्त पार्टी अध्यक्षले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।



लोकपाटी न्यूज

