काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। आज प्रधानमन्त्री ओलीलाई भेटेर विप्लवले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनमा जोड दिएका छन्। स्रोतकाअनुसार भेटमा उनले प्रधानमन्त्रीसँग यसअघि भएको सहमति अनुसार आफ्ना नेता तथा कार्यकर्ताहरु रिहाइ नभएको गुनासो पोखेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले सबै प्रक्रिया मिलाएर बन्दी रिहाई गरिने विश्वास दिलाएका थिए। उक्त भेटमा गृहमन्त्री रामबहादुर थापा बादल र नेता खड्ग प्रसाद विश्वकर्मा पनि सहभागी थिए । यसअघि विप्लवले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिसकेका थिए।



लोकपाटी न्यूज

