काठमाडौं। क्रसफायरको आधिकारीक वितरक सोलफुल मोटर प्राइभेट लिमिटेडले क्रसफायर एज जे २५० को नयाँ मोडल जीआर सेभेन को बुकिङ खुला गरेको छ। नेपालको बाटोका लागि उपयुक्त हुने भएकाले पछिल्लो समय युवाहरुमा याे बाइकको मोह बढ्दै गइरहेको छ।

अफरोडमा जान रमाउने राइडरहरुको विश्वास जित्न सफल क्रसफायर धेरै नेपाली युवाहरुको रोजाईमा समेत पर्दै आएको छ। आकर्षक डिजाइन, स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र मनै लोभ्याउने ग्राफिक्सका कारण क्रसफायर धेरैले रोज्ने गरेका हुन्।
कस्तो छ क्रसफायर एज जे २५० जीआर सेभेन?

क्रसफाइर एज जे जीआर सेभेनमा २४९.६ सीसी कम्प्याक्ट लिक्युड कुल इन्जिन रहेको छ। जुन इन्जिनले ३०.१५ ब्रेक हर्स पावर (बीएच) तथा २२.५ एनएम टर्क जेनेरेट गर्दछ। यसमा डबल रेडीयटर कुलिङ सिस्टम राखिएको छ। साथै यो बाइकमा Air circulating radiators, Assisting fan with overflow coolant reservoir को व्यवस्था गरिएको छ।

यो मोडलमा sprocket size लाई घटाईएको छ। जसले इन्धन प्रवाहलाई राम्राे बनाउने तथा कार्बोरेटरको लामो आयु सुनिश्चित गर्दै राम्रो माइलेज प्रदान गर्नमा सहयोग गर्दछ। एच जे २५० धेरै भरपर्दो र शक्तिशाली बाइक भएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार नेपालको परिपेक्षमा यो बाइक भौगोलकि द्रिष्टीकोणबाट प्रभावकारी छ। वजनको हिसाबले पनि याे बाइक धेरै हल्का छ। जसले चालकलाई आरामदायक सवारी दिने कम्पनी बताउछ।अगाडी राखिएकाे टेलिस्कोपिक सस्पेन्सन ३३० एमएम, यस्तै लिंकेज स्प्रिङ Fully Adjustable कम्प्रेसन रिबाउन्ड रियर सस्पेन्सन १२० एमएमका साथ जडान गरिएकाे छ। यसमा लिड हेडलाईट, LED tail lamp, LED turning lights, SZC cartridge front forks र Digital instrument display रहेका छन्। HJ २५० मा Sleek LED tail light राखिएकाे छ जसबाट अरु चालकहरुले पनि ब्रेक लगाउदै गरेकाे थाहा पाउन सक्छन्।

थप यो बाइकमा सीएनसी ट्रिपल क्ल्याम्प, मिलियन सपोर्ट ह्यान्ड्रेल्स, स्किड प्लेट, फ्लेक्सिबल होइज कोइल्स, सेल्फ–क्लीनिंग फूट पेग्स, र क्यूबिक हेडलाइट समावेश गरिएको छ। समग्रमा यो बाइकको लम्बाईमा २३२० मिलिमिटर, चौडाई ८३० मिलिमीटर, उचाईमा १३०० मिलिमीटर, व्हीलबेसमा १५०० मिलिमिटर, ३३० मिलिमिटर ग्राउण्ड क्लीयरन्स र १०९ केजी तौलको रहेको छ।
यो मोडलको बाइकको मूल्य नेपालमा ६ लाख १० हजार तोकिएको छ।



लोकपाटी न्यूज

