काठमाडाैँ। कर्णाली प्रदेशकाे मन्त्रीपरिषदमा हेरफेर भएकाे छ। मुख्यमन्त्रीकाे सचिवालयले मन्त्रिपरिषद हेरफेर भएकाे जानकारी दिएकाे हाे। मुख्यमन्त्री महेन्द्र शाहीले हिजाे प्रदेशसभाबाट विश्वासकाे मत लिएपश्चात आज मन्त्रीपरिषदमा हेरफेर गरेका हुन।
नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको बताइएको छ। विपक्षमा १५ मत खसेको थियो। मतदानमा ३७ जनाले भाग लिएका थिए।
नवनियुक्त मन्त्रीहरुमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीकाे जिम्मेवारी नन्दसिं बुढाले पाएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी अमरबहादुर थापाले पाएका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्।
शुक्रबार शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै शाही सरकारलाई जोगाइदिएका थिए। शाहीले मन्त्रिपरिषद हेरफेर गर्दा नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापालाई मन्त्री बनाएका हुन्।
एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव विक्रम बुढाथोकीका अनुसार नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको छ। उनले अघि भने, ‘सकेसम्म सँगै सपथ हुनेछ।’



लोकपाटी न्यूज

