काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको विचलन देखिएको बताएका छन्। शनिवार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, बागमति प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले विचलनमा गइसकेको हुनाले केपी ओलीसँग नैतिकता नै नरहेको टिप्पणी पनि गरे।
त्यस्तै उनले आफूले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले त्यही दिनमै राजीनामा दिनुपर्ने माग गरेको पनि स्मरण गराए प्रचण्डले आफूहरु यतिवेला सरकार गठन, पूनर्गठनको प्रक्रियामा रहेको उल्लेख गरे। बिभिन्न प्रदेशमा सरकार परिवर्तनको क्रम सुरु भइसकेको भन्दै प्रचण्डले अब केन्द्रमा यो अन्यौलता र अराजकताको स्थिति अन्त्य गर्नको लगातार पहल गरिरहेको बताए।
प्रचण्डले संयुक्त सरकार हुँदा पनि प्रधानमन्त्रीले केहि महत्वपूर्ण कानून बन्न रोकेको आरोप लगाए। उनले नेपालमा गणतन्त्र स्थापना गर्न माओवादीको महत्वपूर्ण भूमिका रहेको भन्दै अव माओवादीलाई एक नम्वरको पार्टी बनाउन सम्भव रहेको तर्क गरे। उनले संघीय शिक्षा ऐन तयार गर्नका लागि शिक्षा मन्त्रालयलाई भनेर बिधेयक तयार गर्दा पनि प्रधानमन्त्रीले रोकेको बताए। प्रचण्डले शिक्षकका समस्याहरु धेरै रहेको भन्दै यसलाई समाधान गर्न आफुले जोड दिने बताए।



लोकपाटी न्यूज

