काठमाडौं। परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने टिप्पणी गरेका छन्। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि प्रतिनिधि सहभागी नभए पछि मन्त्री ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।
सर्वदलिय बैठक भनिएपनि बैठकमा चार पूर्वप्रधानमन्त्रीले सहित जसपा नेताहरुले बहिष्कार गरेका थिए। बैठकलाई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन्। त्यस्तै जसपा नेता उपेन्द् यादव पनि बैठकमा सहभागी भएका थिएनन्।



लोकपाटी न्यूज

