शनिबार र आईतबार यि अस्पतालबाट लगाउन सकिन्छ नि:शुल्क काेराेनाकाे खाेप

Corona_Vaccine
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैँ। शनिबार र आइतबार ललितपुरका चार अस्पतालमा कोरोनाको नि:शुल्क खोप लगाउन पाइने भएको छ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वसाधारणलाई यसरी खोप दिने व्यवस्था मिलाएको हो। यी अस्पतालले चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप पहिलो चरणमा सर्वसाधारणलाई लगाइदिन लागेको हो।

बढीभन्दा बढी सर्वसाधारणलाई खोप सेवा दिनका लागि निजी अस्पतालमा सेवा विस्तार गरिएको प्रशासन कार्यालयले जनाएको छ। ललितपुरको अल्का, सुमेरू, मेडिसिटी र निदान अस्पतालमा शनिबार र आइतबार खोप सेवा उपलब्ध हुनेछ। १८ वर्ष पुगेका र ४९ वर्ष ननाघेका नागरिकहरूले यी अस्पतालमा गएर खोप सेवा लिन सक्नेछन्। सर्वसाधारणले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्