फ्लाेर क्रस गर्ने चारै जनालाई सांसद पद समेत नरहने गरि कारबाही गर्ने तयारी

Pradesh_Shava_Karnali
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्रीको पक्षमा उभिएका एमालेको माधवकुमार पक्षका सांसदहरुलाई कारवाही हुने भएको छ।‍ प्रकाश ज्वालाको नेतृत्वमा एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका थिए। तीनै चार सांसदलाई कारबाही गर्नका लागि अहिले प्रदेशस्तरीय एमालेको संसदीय दलको बैठकले बसिरहेको छ।

बैठकमा सहभागी एमाले सांसद दल रावल सांसदका अनुसार फ्लोर क्रस गरेका चार सांसदलाई पार्टीसँगै सांसद पद समेत नरहने गरि कारबाही हुनेछ। रावलले भने, ‘हामी अहिले बैठक बसिरहेका छौं। फ्लोर क्रस गर्नेलाई सांसद पदबाटै हटाउने गरि कारवाही गर्ने तयारी छ।’ फ्लोर क्रस गरेका प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाहीको तयारी भइरहेको रावलले बताए।