विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री, ह्विप जारी गर्ने तयारीमा एमाले

Yamlal Kandel
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेश नेकपा एमालेको संसदीय दलको बैठक सुरु हुँदैछ। बैठक संसदीय दलको नेता यमलाल कँडेलको घरमा बस्न लागेको हो।

बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्रीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने तयारी रहेको एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले बताए। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट शाही मुख्यमन्त्री छन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

माओवादी केन्द्रका एक जना सांसदलाई कारबाही गरिएको छ भने एक जना सभामुख छन्। बहुमतका लागि २० मत आवश्यक पर्छ।