कठोर विकल्पमा जानसमेत तयार हुन सरोकारवालासँग अखिल क्रान्तिकारीकाे आग्रह

Annfsu student akhil flag
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विद्यालय बन्द गर्ने कठोर विकल्पमा जानसमेत तयार हुन सरोकारवालासँग आग्रह गरेको छ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अखिल क्रान्तिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकालवालाको ध्यानाकर्षण गराएको हो। कोरोना संक्रमण बढेर अनियन्त्रित भए अनलाइन पठनपाठन तथा परीक्षालगायत वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सुझाव दिइएको छ।

पछिल्लो समय कोरोनाले बालबालिकालाई सबैभन्दा बढी असर पारेकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। साथै, सीमा क्षेत्रमा हेल्थ डेक्स राख्‍न सरकारसँग माग गरिएको छ। काठमाडौं उपत्यकालगायत अति प्रभावित १४ जिल्लाका विद्यालयमा बालबालिका नपठाउन र अनलाइन कक्षा सञ्‍चालन गर्न अखिल क्रान्तिकारीको सुझाव छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्