तीन सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। गत २०७७ चैत्र ३१ गते मंगलबार प्रतितोला ८९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँ बढेको छ।

यो सँगै आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। गत मंगलबार १२ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्