यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

लोकपाटी न्यूज

काठमाडाैँ। चैत ३० गते सोमबार, सुनको भाउमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ६०० र तेजाबी सुन ८९ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदी भने अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्