काठमाडौं। कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।
वडा अध्यक्ष मालीको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए।
मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा मालीको उपचार भइरहेको थियो।
सोमबार उनलाई श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए। माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन्।



लोकपाटी न्यूज

