काठमाडौं। भोली सोमबारको लागि बोलाइएको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागि नहुने भएका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका हुन्।
भोलि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकमा सभापति देउवा र नेता पौडेल सहभागी नहुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। दुई बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन। केन्द्रीय कार्यालयमा नेताहरू आउने क्रम सुरु भएको तर बैठक सुरु नभएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।



लोकपाटी न्यूज

