आज नेप्सेसहित ब्राेकर कार्यालय पनि बन्द

लोकपाटी न्यूज

काठमाडौं। सरकारले सार्वजनिक विदा दिएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सहित ब्रोकर कार्यालयहरु बन्द हुने भएका छन्। आइतबार घोडेजात्रा पर्व परेकोले शेयर बजार बन्द हुने भएको हो।

बिहीबार नेप्से ०.१० प्रतिशत अर्थात २.७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स भने बिहीबार ०.२८ अंकले घटेर ४७६.५१ विन्दुमा रोकिएको थियो।

बिहीबार २०७ कम्पनीको ७१ हजार २४१ कम्पनीको ६ अर्ब ५५ करोड ६५ लाख १६ हजार ६८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता खरिद बिक्रि भएको थियो। नेप्सेको अनुसार बिहीबार सबै भन्दा धेरै अपर तामाकोशीको सर्वाधिक कारोबार भएको थियो । कम्पनीको ३६ करोड ७८ लाख भन्दा धेरैको कारोबार भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्