काठमाडौं। अनलाइन बजार दराजले नयाँ वर्षको अवसर पारेर छुटैछुटको सेल योजना ल्याएको छ। यो अभियान चैत्र २९ देखि बैशाख ७ गतेसम्म चेल्ने जनाइएको छ।
यस अभियानमा ४६,७२० पर्ने वल्पुल डबल डोर फ्रिज ३९ हजार, ६८,५९० पर्ने पानास निक फ्रन्ट लोड वाशिंग मेशीन ५८ हजार, डेल वोस्ट्रोआइ-थ्री ल्याप्टप ५४ हजारसहित घरायसी उपकरण, ग्याजेट, फेशन, किराना सामान खरिदमा पनि छुट रहेको कम्पनीले जनाएको छ।
साथै पूर्व-भुक्तानी छुट, भाउचर, र सिमित उत्पादनमा निःशुल्क सिपिङमार्फत अधिक बचत पनि रहेको जनाइएको छ।



लोकपाटी न्यूज
