सुनकाे मूल्य घट्याे, कतिमा हुदैँछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ। पछिल्लो केही दिन यता निरन्तर उकालो लागेको सुनको मूल्य आज भने घटेको हो। शुक्रबार ८९ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ४०० ले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ रहेको छ। चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्