काठमाडाैँ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनको मतगणना सकिएको छ। शनिबार दिउँसो मतगणना सकिएसँगै महासंघले मत परिणाम घोषणाको तयारी सुरु गरेको छ। ‘मत गणना सकिएको छ, केही बेरमा घोषणा हुने कार्यक्रम छ’, मतगणना स्थलमा रहेका एक पत्रकारले जानकारी दिए।
उनले निर्वाचनमा विपुल पोखरेलको प्यानलै विजयी भएको दावी गरे। यसको औपचारिक घोषणा भने हुन बाँकी छ।



लोकपाटी न्यूज