आफू हिँड्ने बाटो नै नहेरी केही नभएको भन्नेहरू सरकार परिवर्तनको खेलमा लागे : प्रधानमन्त्री

Kp Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सरकार परिवर्तनको खेल भइरहेको बताएका छन्। तर, सरकार परिवर्तनको खेल आवश्यक नरहेको उनको भनाइ छ।

तीन वर्षको अवधिमा धेरै विकासका काम भएको भन्दै उनले त्यो विकासलाई नदेखी सरकार परिवर्तनको खेल भइरहेको जिकिर गरे। शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा उनले आफू हिँड्ने बाटो नै नहेरी केही नभएको भन्नेहरू सरकार परिवर्तनको खेलमा रहेको बताए।

“लखनउको घोडाले पनि देख्छ बाटो बनेको । हाम्रा जो त्यही बाटोमा हिँड्छन्, बाटो बनेको किन देख्दैनन् ?,” उनले भने ।