पदमुक्त भएका चार मन्त्रीहरुकाे आजै सपथग्रहण हुने

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को कारबाही पछि पदमुक्त भएका चार मन्त्रीहरुकाे आजै पुनर्नियुक्ति हुने भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन्। प्रधानमन्त्री निकट स्राेतकाे अनुसार उनीहरुको सफतग्रहण कार्यक्रम आजै दिउँसो ५ बजे शीतलनिवासमा राखिएकाे छ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि संबिधानकाे धारा ७८ बमाेजिम ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो। ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन्।

उनीहरुलाई पहिलेकै मन्त्रालयमा नियुक्त गरिने स्राेतले जानकारी दियाे। जस अनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति , साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुनर्नियुक्त हुन लागेका हुन्। भट्ट ३ फागुन २०७६ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन्। रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विटनपछि १० पुसमा पुर्नगठितमन्त्रिपरिषद्मा सदस्य बनेका थिए। त्यही बेला माओवादी बाट गएका मन्त्रीचन्द्र थापा पनि खानेपानी तथा सरसफाई मन्त्री नियुक्त भएका थिए। थापा भने बिना सांसद मन्त्री भएकाले नियुक्त भएको अवधिदेखी ६ महिनासम्म मन्त्री हुन पाउने छन्।