सुन ताेलामा ९ सयले बृद्धी, यस्ताे रह्याे याे साताकाे सुनचाँदीकाे भाउ

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलामै ९ सयले बढेर ८९ हजार ९ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। याे साता पनि सुनकाे मूल्यमा उतारचढाव जारी रह्याे। यस्ताे छ याे साताकाे सुनचाँदीकाे भाउ:-

आइतबार छापावाल सुन ताेलाकाे ८७ हजार ४ सयमा काराेवार भएकाे  थियाे। त्यस्तै चाँदी एक हजार दुई सय ४० मा काराेबार भएकाे थियाे । साेमबार ताेलामा २ सयले गिरावट आई छापावाला सुन ८७ हजार २ सयमा काराेबार भयाे। चाँदीमा ५ रुपैयाँले गिरावट आई यस दिन १२ सय ३५ रुपैयाँमा काराेबार भयाे। मंगलबारभने सुनकाे मुल्य ३ सयले बढेकाे थियाे। याे दिन सुनकाे८७ हजार ५ सयमा काराेबार भएकाे थियाे।

बुधबार सुनकाे मृल्यमा ५ सयले बृद्धी भएकाे थिए। साे दिन सुनकाे भाउ ८८ हजारमा काराेबार भयाे। त्यस्तै चाँदी १० रुपैयाँले बढेर १२ सय ४५ मा काराेबार भएकाे थियाे। हिजाे बिहीबार सुनकाे मूल्य १ हजारले बृद्धी भएर काराेबार भएकाे थियाे। साे दिन सुनकाे मूल्य ताेलामा ८९ हजारमा काराेबार भएकाे थियाे भने चाँदी १५ रुपैयाँले बृद्धी भई १२ सय ६० मा काराेबार भयाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्