निगमका कर्मचारीलाई डिपाे जाेगाउने तालीम

लोकपाटी न्यूज

काठमाडौँ । नेपाल आयल निगमले अमलेखगन्ज पेट्रोलियम डिपोमा फायरफाइटिङसम्बन्धी तालिम सुरु गरेको छ। डिपोमा इन्धन ढुवानी र लोडिङको क्रममा हुने जोखिमलाई मध्यनजगर गर्दै डिपो कर्मचारी, नेपाली सेना, चालक, सहसञ्‍चालक र स्थानीयसहितलाई तालिम दिन सुरु गरेको हो।

‘ट्यांकर डिपोमा आउँदा ध्यान दिनु कुराहरु, आगलागी सम्भावित घटना र त्यसलाई चुस्त व्यवस्थापन गर्नका लागि तालिम सुरु गरेका छौं,’ आयल निगम २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्ज प्रमुख प्रदीप यादवले भने, ‘पहिलो दुई दिन डिपोमा रहेका कर्मचारी र सुरक्षामा खटिएका सेनालाई दिएका छौं। अब ट्यांकर चालक, पम्प सञ्‍चालक र स्थानीयलाई पनि दिन्छौं ।’ एक हप्ता सञ्‍चालन हुने तालिम भारतीय आयल निगम (आघओसी)को विज्ञ समिर दासले तालिम दिइरहेका छन्।

‘चैत २३ देखि सुरु भएको फायरफाइटिङसम्बन्धी तालिम चैत २९ गतेसम्म चल्नेछ,’ प्रमुख यादवले भने, ‘तालिमले विपत व्यवस्थापनले धेरै मद्दत पुग्ने आशावादी छौं।’ अमलेखगन्ज डिपोबाट करिब ४ सय ट्यांकरबाट इन्धन ढुवानी हुन्छ। उक्त डिपोबाट इन्धन ढुवानी गर्ने चालक/सहचालकहरुलाई लट/लटअनुसार तालिम दिइने जनाएको छ। ‘डिपोभित्र छिर्दा, चालक, सहचालकले जुत्ता, हेलमेट लगाएर, मोबाइल अफ गरेरमात्रै डिपो परिसर जानुपर्छ । इन्धन लोड गर्नेक्रममा आफ्नो गाडीमा भएको फायर बोत्तल पनि सुरक्षित राख्न जरुरी छ,’ यादवले भने, ‘यी साना/साना कुरामा ध्यान दिए सम्भावित दुर्घटना रोक्न सकिन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्