मौलिकता मास्ने साम्राज्यवाद मान्दैनौं : बाँस्कोटा

Gokul Baskota
लोकपाटी न्यूज

काभ्रेपलाञ्चोक। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन्।

सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबर्जस्त इसाइकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताए। ‘सांस्कृतिक मौलिकता मास्ने साम्राज्यवाद कुनै पनि हालतमा मानिदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो,’ उनले भने।

उनले भने, ‘ठाउँ ठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनु। नेपालमा दुई पार्टी छन्, एमाले र काङ्ग्रेस, यिनै दुई पार्टीहरू चित्त बुझेनि-नबुझेनि राम्रो भएनि-नभएनि, आलोचना भए करेक्सन हुँदै ढल्दै, धुलो टकटक्याउँदै यिनीहरू नै अगाडि बढ्छन्।’ रासस