काठमाडौं। श्रीलंकाली क्लब श्रीलंका पुलिस स्पोर्टिङलाई पराजित गर्दै नेपालको त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफसम्म २-१ गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्दै जित निकालेको हो। खेलको चौथो मिनेटमा विवेक बस्नेतले कप्तान भरत खवासलाई पास दिँदै बनाएको मुभमा विवेकले प्रहार गरेको बल श्रीलंका पुलिसका दिनेश महेन्द्रनले बचाएका थिए। खेलको १०औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको बल गोलकिपर महेन्द्रनले बचाए। खेलको १२ औं मिनेटमा भरतले प्रहार गरेको बल गोललाइनबाट ए निकोलसले बचाए।



लोकपाटी न्यूज

