काठमाडौं। नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ। काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शनिबार सकिएको स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने निर्णय गरेको थियो। सोही अनुसार काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको नेताहरुले बताएका छन्।



लोकपाटी न्यूज

