यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

लोकपाटी न्यूज

काठमाडाैँ। आइतबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। आइतबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार पनि सुन यहि भाउमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउमा पनि आइतबार कुनै परिवर्तन भएको छैन। आइतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्