काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले एकता कायम गरेर अघि बढ्न एमाले नेता झलनाथ खनाललाई आग्रह गरेकी छन्। खनालको निवास पुगेर राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन्।
एमाले विभाजनको संघारमा पुगेका बेला राष्ट्रपतिले एकताको आग्रह गर्दै दौडधुप बढेको हो। ‘उहाँले पार्टी एकता कायम होस्, लोकतन्त्र सुदृढ भएर जाओस् भन्नुभयो,’ खनालले भने।
खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्यता एवं प्रवर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा जाँदा सोही क्रममा आफ्नो घरसमेत आउनुभएको खनालले बताए।
भेटमा राष्ट्रपति भण्डारीद्वारा पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको खनालले बताए।
भेटमा आफ्नो स्वस्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको खनालले बताए। तर आफूले आफ्नो स्वास्थ्यभन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलनबारे चिन्ता लागेको कुरा राखेको बताए।



लोकपाटी न्यूज

