भारतमा काेराेना संक्रमण बढ्दै, एकैदिन थपिए ९० हजार

लोकपाटी न्यूज

काठमाडाैँ। भारतमा थप ८९ हजार १२९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। शुक्रवार ८१ हजार जनामा संक्रमण देखिएको थियो। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर दैनिक १० हजार हाराहारीले बढ्दै गएको छ।

यस्तै, पछिल्लो २४ घण्‍टामा ७१४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। हालसम्म भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ भने १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ। शनिवार बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेपछि स्वदेश फर्किरहेका नेपालीमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ। तर परीक्षण कम भएका कारण संक्रमण पुष्टि पनि थोरै व्यक्तिमा हुने गरेको छ।