काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस सरकार परिवर्तनको खेलाडी नभएको बताएका छन्। शनिबार ट्रवटरमार्फत् नेता रिजालले कांग्रेसले पार्टीको विवाद मत्थर पार्न गरेको सार्वजनिक खपत मात्रै भएको बताएका हुन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन। किनभने, अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन।’
नेता रिजालले सरकार परिवर्तनको मुख्य खेलाडी जसपा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गहन सम्वादमा रहेकाले कांग्रेसले गोल गर्न नसक्ने उल्लेख गरेका छन्।
‘बल जसपासँग छ र जसपा चाहिं प्रमसँग सघन सम्वादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन । फेरि त्यही प्रश्न आउँछः माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने। अनि सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ ?’, उनले प्रश्न गरेका छन्।



लोकपाटी न्यूज

