प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता गरेमात्र राजीनामा आउने बताएका छन्। उनले आफ्नो राजीनामा सधैं माग्ने तर समर्थन फिर्ता नगर्ने बताए। ‘सधैं एक एक जनाले राजीनामा माग्छन्। कसरी राजीनामा दिने। पहिले समर्थन त फिर्ता लेउ, राजीनामा आइहाल्छ नि,’ १६५ वटै निर्वाचन क्षेत्रमा सडक निर्माणको शुभारम्भ गर्दै ओलीले भने।
ओलीले भने- काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन्। अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन्। राजीनामा त माग्यामाग्यै छन् त। मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ। ए बाबा हटाउ न त। समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन्। राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।



लोकपाटी न्यूज

