वैकल्पिक सरकारकाे विवादले अझै बस्न सकेन काँग्रेस केन्द्रीय समिति बैठक

Nepali congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा लफडा सुरु हुँदा केन्द्रीय समिति बैठक नै बस्न नसक्ने अवस्था खडा भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ६ः४० बजेसम्म बस्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले वैकल्पिक सरकार निर्माणका लागि बैठक निर्णय लिनुपर्नेमा जोड दिएपछि बैठक बस्न नसकेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

आज काँग्रेस निर्णय लिए भोलि माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने भन्दै पौडेलले पार्टी निर्णयमा पुग्नुपर्नेमा अडान लिएका छन्। सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार निर्माणका लागि परिपक्व परिस्थिति नबनेकाले निर्णय लिन नसकिने अडानमा छन्। जसकारण बैठक नै अनिश्चित बनेको छ।