काठमाडौँ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन्। शुक्रबार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताएका हुन्।
उनले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदैँ संसदका राम्रा नराम्रा कामको तुलना गर्न समाजलाई आग्रह गरेका छन्। आफ्नो हातमा नतिजा नआए पनि आफूले निरन्तर परामर्श गरिरहेको जानकारी दिँदै सभामुख सापकोटाले संदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।
यस अघिको समाजको कार्यसमितिको कार्यकाल जस्तै नव निर्वाचित पदाधिकारीको कार्यकाल पनि सफल हुने आशा गर्दै सफल कार्यकालको शुमकामना पनि व्यक्त गरेका छन्।



लोकपाटी न्यूज