नेपाल समूहको स्थायी समिति बैठक कलंकीमा जारी, के होला निर्णय ?

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ। बैठक कलंकीस्थित मेघा बैंक्वेटमा सुरु भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुमाथि कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन बैठक बोलाइएको बताइएको छ। केही दिनअघि नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि निलम्बन गरेका हु्न्।

आजको बैठकले खनाल-नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ। यसबाहेक आजको बैठकबाट एमाले पुनर्गठनका लागि देशव्यापी अभियान सुरु गर्ने र राजनीतिक दस्तावेज तल्लो तहसम्मै सकुर्लेट गर्नेबारे ठोस रणनीति बनाउने तयारी पनि सो पक्षले गरेका छ।