बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति पुग्याे ?

gold pic
लोकपाटी न्यूज

काठमाडाैँ। साताको कारोबारको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन आज प्रतिताेला नौ सय रुपैयाँले वृद्धि भएको हाे।

छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मुल्य ८६ हजार नौ सय पचास रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्