पोखरा। नेकपा एमाले कास्कीमा समानान्तर कमिटी घोषणा गरिएको छ। वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको हो।
पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो। कमिटीको सचिवमा होमबहादुर नेपाली छन्।
छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन्। एमाले नेता माधवकुमार नेपालले समानान्तर समिति घोषणा गरेका हुन्। उनी एमालेबाट ६ महिनाका लागि निलम्बित भएपछि पहिलोपटक पोखरा आएका हुन्।



लोकपाटी न्यूज

