प्रचण्डपछि बूढानीलकण्ठ निवास पुगे बाबुराम–उपेन्द्र

deuba-upendra-baburam_
लोकपाटी न्यूज

काठमाडौं। जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईले बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेट गरेका छन्।

करिब एक घण्टा भएको छलफलमा नयाँ सरकार गठनबारे छलफल भएको बताइएको छ। भेटमा उनीहरुले ओली सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन आग्रह गरेको बताइएको छ।

बूढानीलकण्ठ स्रोतका अनुसार देउवाले पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने जवाफ दिएका थिए। मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवालाई भेटेका थिए। सोही दिन प्रचण्डले भट्टराईसँग पनि छलफल गरेका थिए। पछिल्लो चरण देउवा निवासमा नयाँ सरकार गठनबारे छलफल बाक्लिँदै गएको छ।

यसैबीच माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ।

वैकल्पिक सरकार निर्माणको प्रयासस्वरुप दलहरुले छलफललाई तीव्र बनाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारको विकल्प छाडिनुपर्नेमा जोड दिँदै आएका छन्।