काठमाडौँ। सरकारले चीनबाट अनुदान स्वारुप प्राप्त गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप ‘भेरोसेल’ ४० वर्ष देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई दिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्त रहेको आइसीएस कमाण्डको बुधबार बसेको बैठकले चिनियाँ खोप ४० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने व्यवस्था मिलाउन स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको हो।
प्राथमिकता अनुसार खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। ‘चिनियाँ खोपका लागि छुट्टै कार्ड बनाउने, अस्पतालमा गएर लगाउने, उमेर समूहमा ४० देखि ५४ बर्ष भनिएको छ’, उनले भने,‘चीनको भ्रमण गर्नेहरु पनि यसको प्राथमिकतामा पर्ने छन्। यही अनुसार तयारी गरेर मिति तय गर्ने भनिएको छ।’ यस्तै एक जना व्यक्तिलाई यही खोप दोस्रो पटक पनि लगाउनु पर्ने भएका करण ४० वर्षदेखि ५४ वर्षसम्मका व्यक्तिलाई लगाउने निर्णय गरेको डा. अधिकारीले बताए।



लोकपाटी न्यूज

