निषेधको राजनीति कारण हामी कमजोर अवस्थामा पुग्याै : अष्टलक्ष्मी शाक्य

लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकि छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेतृ शाक्यले अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन्।

उनले भनिन् ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं। कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफैँ आफैँ लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं। त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समीक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ। हामी रुपान्तरित हुनै पर्छ। हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन।’