काठमाडौं। माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाएका हुन्।
उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले दल विभाजन गरिसकेको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए। गुरुङले भने, ‘वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको छ। यो सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको छ।
सर्वोच्च अदालतले एउटा फैसला गर्यो। त्यो फैसलाले दल विभाजनको फैसला गरेको छ। दल विभाजन भएको अवस्थामा सरकार के हुने भन्ने अवस्था छ।’
गुरुङले दल विभाजन भएको अवस्थामा संविधानको धारा १ सयको (२) अनुसार दल विभाजन गरिसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दावी गरे।



लोकपाटी न्यूज

