काठमाडौं। नेकपा (एमाले) माधव कुमार नेपाल समूह निकट अनेरास्ववियुले राष्ट्रिय भेलाबाट पारित १९ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। अखिलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्। वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावललाई कथित कारवाही निर्णयको भत्सर्ना पनि गरेको छ।
सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागु गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो। गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव आज सार्वजनिक गरिएको हो।



लोकपाटी न्यूज

