काठमाडाैं। मंगलबार नेप्से सूचकमा ३२ दशमलव १५ अंकले वृध्दि भई २५७५ दशमलव ६६ विन्दुमा उक्लेको छ। यो साताको सरदर शेयर कारावारका तुलनामा मंगलबार रकममा पनि वृध्दि भएको छ। मंगलबार ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढीका १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोवारमा ट्रेडिङ र उत्पादनमूलक समुहले खासै चमक ल्याउन नसकेपनि निर्जीवन बिमा समूह ३९८ दशमलव ३२ अंकले वृद्धि भएको छ। यो मंगलबारको सबै भन्दा ठुलो कारोवार हो। यस्तै माइक्रोफाइनान्स, हाइड्रोपावर, जीवन बिमा लगायतका समूहले पनि आफुलाई सुधारेका छन्। ७ कम्पनीको मुल्य ९ प्रतिशत भन्दा माथी पुग्नाले सर्किट नै लाग्ने तहमा पुगेको थियो।
कारोवार रकममा ४८ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा अगाडि रहेको छ। यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः निर्धन उत्थान र एनएलजी इन्सुरेन्स रहेका छन् । बिगतका केही दिन देखि साईबेजमा रहेको सेयर बजारमा मंगलवारको कारोवारले लगानीकर्तालाई उत्साहित बनाएको छ।



लोकपाटी न्यूज

