काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार तपाईं कि अरु? भन्दै प्रतिप्रश्न गरेका छन्। मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन् ।’
आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हास्यास्पद भएको पाण्डेले बताएका छन् । उनले २०७४ असोज १५ गते ओली एक्लैले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गरेको उल्लेख गरेका छन्। प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधा प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गरेको भन्दै उनले भनेका छन्, ‘अब तपाईं आफैं भन्नुस्, प्रचण्डको मतियार तपाईं हो कि अरु कोही ?’
पाण्डेले भनेका छन्, ‘अझ तपाईंले मलाई ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहिन र शत्रुतापूर्ण आरोप तयार गर्ने’ भन्ने झुठो आरोप समेत लगाउन तम्सिनुभयो।’ पार्टी एकतालाई जोगाउन २ जेठ २०७५ मा फर्किनुको विकल्प नभएको भन्दै उनले स्पष्टीकरणको जवाफमा भनेका छन्, ‘फागुन २८ र त्यसपछिका गुटभेलाका निर्णयहरु बदर गरी पार्टीलाई विधि र विधान अनुसार सञ्चालन गरे मात्र पार्टी एकता जोगाउन सम्भव हुनेछ ।’
यस्ताे छ पाण्डेको स्पष्टीकरणको पूर्णपाठ:-
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/03/Clarification_Surendra-Pandey.pdf”]



लोकपाटी न्यूज

